/*php the_title();*/?>


आइसिँ तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिका ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको १७औं गाउँसभा अध्यक्ष टासी लामाको अध्यक्षतामा सुरु भएको छ। अधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका वडाध्यक्षहरूले आफ्नो धारणा राख्दै संघ र प्रदेश सरकारबाट अपेक्षाअनुसार सहयोग नपाएको गुनासो व्यक्त गरेका छन्। नेपाली कांग्रेसबाट वडा नं। २ का अध्यक्ष बाबुलाल स्याङबोले गाउँपालिकाको विकासमा संघ र प्रदेश सरकारको ध्यान नपुगेको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले पर्यटन क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। त्यस्तै, वडा नं। ६ का अध्यक्ष तथा एमालेका प्रवक्ता नारायण भट्टराईले पनि संघीय र प्रादेशिक सरकारले बजेटमा उपेक्षा गरेको आरोप लगाउँदै, काठमाडौंबाट नजिकैको पालिकालाई बेवास्ता गरिएको टिप्पणी गर्नुभयो। उहाँले स्थानीय सरकार आएपछि स्वास्थ्य र शिक्षामा सुधार भएको बताउँदै, सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको र आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट निर्वाचित वडा नं। ४ का अध्यक्ष कुलबहादुर बस्नेतले नेताहरूले दिएका प्रतिबद्धता पुरा नगरेको भन्दै बजेटको व्यवहारप्रति आपत्ति जनाउनुभयो।कार्यक्रममा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका पालिका भवन समारोहको सन्दर्भमा, मेलम्ची–भोताङ सडकका लागि बजेट विनियोजन नभएको गुनासो जनप्रतिनिधि र स्थानीयहरूले उठाएका छन्। सभा कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेललगायतको उपस्थिति रहेको थियो।
९ असार २०८२, सोमबार २०:२९