पाँचपोखरी थाङपालमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन श्री थाङपालधाप माध्यमिक विद्यालयको प्राङ्गणमा पालिका अध्यक्ष टासी लामाले गर्नुभयो।प्रतियोगितामा पालिकाका १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन्। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामाले खेलकुदले व्यक्तिको पहिचान, सामाजिक प्रतिष्ठा र स्वस्थ जीवनशैली विकासमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो।


कार्यक्रम सामाजिक विकास शाखा संयोजक काले गोलेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, पालिका प्रवक्ता तथा वडा नं। ६ का अध्यक्ष नारायण भट्टराई, वडा अध्यक्षहरू सुके तामाङ, बाबुलाल स्याङ्बो, विष्णुबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको पहिलो दिन विभिन्न खेलका प्रतिस्पर्धा सम्पन्न भएका छन्।

२५ पुष २०८२, शुक्रबार २१:२०