/*php the_title();*/?>


आइसिँ तामाङ, पाँचपोखरी सिन्धुपाल्चोक ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० प्रतियोगिताको फाइनल वर्षाका कारण रोकिएपछि पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्त विजेता घोषित भएका छन्।
टस हारेर ब्याटिङ थालेको पाँचपोखरीले १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको थियो। कप्तान सार्थक धितालले ६१ तथा बुद्धी तामाङले ३३ रन बनाए। मेलम्चीका रिन्जिङ तामाङले एक विकेट लिएको हो ।
वर्षाले खेल अवरुद्ध भएपछि पुरस्कार रकम पनि बाँडिएको छ। प्रतियोगितामा ७ टोली सहभागी थिए। आयोजनामा पाँचपोखरी थाङपाल गाउँपालिका र जिल्ला क्रिकेट संघको सहकार्य रहेको थियो।
२ असार २०८२, सोमबार १७:३९