/*php the_title();*/?>
जनतापत्र, पाँचपोखरी ।
जिल्ला स्तरीय प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले उचाल्न सफल भएको छ । गत मंगलबार भएको फाइनल खेलमा सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पारजित गर्दै उपाधी चौताराले जित्न सफल भएको हो ।
गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले पेमाथाङ्ग समानता खेलकुद मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी मार्फत निकालिएको बताउनुभयो ।
प्रथम भएको चौताराले १ लाख रुपैयाँ नगद पाएको छ । त्यस्तै उपबिजेता बनेको सुनकोशीले भने ५० हजार प्राप्त गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई चौताराले २–० गोल अन्तरले पराजित गरेको थियो ।
इन्द्रावती गाउँपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सुनकोशीले चौतारासँगको फाइन भेट पक्का गरेको थियो ।
पाँचपोखरी थाङ्पालगाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा सञ्चालित १५ फागुन देखि सुरु भएको प्रतियोगितामा जिल्लाभरिका १० टोली सहभागी भएका थिए ।
२१ फाल्गुन २०८१, बुधबार १२:५२