/*php the_title();*/?>

जनतापत्र सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरि कुण्डबाट शुरु गरिएको महिला ट्रेल दौडमा खोटाङकि निर्मला राई प्रथम भएकी छिन् । २८ किलोमिटर दुरीमा भएको दौडमा २ घण्टा २८ मिनेटमा पूरा गर्दै उनी प्रथम स्थान हासील गर्न सफल भएकी हुन् । यसैगरी ओखलढुंगाकि लाक्पा निङ्मा शेर्पा २ घण्टा ४९ मिनेटको समय पार गरी दोस्रो भइन् । यस्तै २ घण्टा ५८ मिनेटमा दौड पुरा गर्दै हेलम्बुकी नितु तामाङ तेस्रो भएकी थिइन् ।
यस प्रतियोगितामा मेलम्चीकि अस्मिता भुजेलले ३ घण्टा ११ मिनेटमा र रोल्पाकि आश्मा विकले ३ घण्टा १८ मिनेटमा पार गर्दै क्रमश चौथो र पाँचौ भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो , तेस्रो , चौथो र पाँचौ हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद क्रमशः ५० हजार, ,२५ हजार ,१५ हजार, १० हजार र ५ हजार पुरस्कार वितरण गरिएको थियो ।
३ कार्तिक २०८१, शनिबार ०५:०४