पहिरो पिडित पहिरो गएकै ठाउँमा बस्न बाध्य पहिरो


जनतापत्र, जुगल
गत असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण सिन्धुपाल्चोकमा अधिक मात्रामा धन र जनको क्षति भएको थियो । जसमा जुगल गाउँपालिका–१ कुनेगाउँ पनि बाढि पहिरोबाट अछुतो भने रहन सकेन ।
अविरल वर्षातले गाउँको तीन घर बगाउँदा गाउँका अरू १२ घर उच्च जोखिममा परेको छ ।
उच्च जोखिममा परेका उनीहरूलाई नेपाल सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छैन् जसका कारण पीडितहरू उच्च जोखिम स्थलमै बसोबास गर्न बाध्य भएका छन् ।
प्रभावितहरू घर छाडेर अन्य स्थानमा गएर बस्न सकेका छैनन् ।
कहि कतै सुरक्षित जग्गा नभएका कारण जोखिम स्थलमै बस्नु परेको पहिरो प्रभावित चन्द्र बहादुर बिसुंखेले बताउनुभयो ।
पहिरोलेसँगै रहेका तीन घर बगाएको बताउँदै सँगै रहेको चन्द्र र विकास रोक्काको घर उही जोखिममा रहेको उहाँले बताउनुभयो । पहिरो गएको यति लामो समय हुँदा समेत सरकारले त्यस ठाउँमा पुनस्थानान्तरणका केही काम अघि नबढाएको पहिरो पिडितहरुले गुनासो गरेका छन् ।

कुनेगाउँको पहिरो स्थलसँगै रहेका दलित समुदायका १२ घर बग्ने अवस्थामा रहेको छ ।
पहिरोका कारण उक्त घरहरू
को आँगन चिराचिरा परेका र ठाडो, भिरालो जग्गामा बनेका ती घरहरूको माथिल्लो क्षेत्र बग्ने अवस्थामा रहेको छ ।
सामान्य वर्षा भएमा उक्त घरहरू बग्न सक्ने भूगर्भविद्को भनाइ छ । हाल वर्षात रोकिएका कारण पीडितहरू धाँजा फाटेका आँगन छेउका घरमा बसिरहेका छन् ।

५ मंसिर २०८१, बुधबार १२:३४