पत्रकार आचार्य सम्मानित


जनतापत्र, चौतारा ।

लेखक तथा राजनीतिक विश्लेषक वरिष्ठ पत्रकार सुदर्शन आचार्य सम्मानित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सिन्धुपाल्चोक भोटसिपाका आचार्यलाई सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष समेत रहेका आचार्य नेपाल प्रेस
युनियनमा आवद्ध छन् । उनलाई सिन्धुपाल्चोकवासीले अग्रज तथा अभिभावक पत्रकारका रूपमा लिने गरेका छन् ।
उनीसहित चार जनालाई पुरस्कृत गरिएको छ ।

२९ माघ २०८१, मंगलवार ११:५०