/*php the_title();*/?>
काठमाडौं। सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २७।२१ अंकले घटेर २०३४.२ को बिन्दुमा बन्द भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से १४.४६ अंकले घटेर २०६२.३ बिन्दुमा बन्द भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से सूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ।
आइतबार कुल ३ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन बिहीबार भने कुल ३ अर्ब ८६ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएका कम्पनीमध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर छ।
आइतबार बोटलर्स नेपाल )बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, समलिंग हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ८.२१ प्रतिशतले घटेको छ।
आज सबै समूहका सूचक राताम्य भएका छन्। फाइनान्स समूहमा २.७० प्रतिशतले गिरावट आउँदा जलविद्युत समूहमा २.१५ प्रतिशतको गिरावट आएको छ।
६ फाल्गुन २०८०, आईतवार १५:२१