/*php the_title();*/?>


जनतापत्र,मेलम्ची सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट यो संगठनको सम्मेलनमा पार्टी केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटा “देशबन्धु” प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भयो । कार्यक्रममा संघीय सांसद माधव सापकोटा “सुबोध”, प्रदेश सांसद युबराज दुलाल “सरद”, सरल सहयात्री पौडेल, अमृता नेपाल “प्रभा” लगायतका नेताहरू विशेष अतिथिको रूपमा सहभागी थिए ।सम्मेलनमा जिल्लाभरिका निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो । भेलाले ३१ सदस्यीय जिल्ला समिति गठन गर्दै भेषनाथ सापकोटालाई अध्यक्षमा चयन गरेको छ ।
निर्वाचित पदाधिकारी
अध्यक्ष – भेषनाथ सापकोटा चौतारा,वरिष्ठ उपाध्यक्ष – टंक प्रसाद दुलाल चौतारा,उपाध्यक्षहरू – इस्वरलाल श्रेष्ठ पाँचपोखरी, केन्द्र लामा इन्द्रावती,महासचिव – तोकबहादुर तामाङ मेलम्ची,सचिव – फुलकाजी स्याङ्बो जुगल, कोषाध्यक्ष – दिपेन्द्र थापा बलेफी
निर्वाचित सदस्यहरू
कविता रिमाल खड्का चौतारा, निर्मला श्रेष्ठ चौतारा, छबि प्रसाद दुलाल मेलम्ची, गंगाराम दंगाल मेलम्ची, प्रेमराज तामाङ मेलम्ची, विशाल श्रेष्ठ मेलम्ची, प्रकाश दुलाल इन्द्रावती, नवराज भट्टराई इन्द्रावती, लाक्पा दोर्जे तामाङ पाँचपोखरी, टासी ह्योल्मो पाँचपोखरी, राजन बुढाथोकी चौतारा, बेलबहादुर नेपाल चौतारा, सुजन श्रेष्ठ चौतारा, रामचन्द्र नेपाल चौतारा, यज्ञबहादुर नेपाल बलेफी, निर्मल खत्री त्रिपुरासुन्दरी, सबिन तामाङ बार्हबिसे, तिर्थ तामाङ लिसंखु , सानु पाख्रिन जुगल, मिनबहादुर तामाङ बलेफी को रहेको छ ।
नवगठित समितिलाई बधाई दिंदै नेकपा माओवादी केन्द्र इन्द्रावतीका अध्यक्ष देवेन्द्र दाहालले यस संगठनले जिल्लामा निर्माण व्यवसायीहरूलाई संगठित गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
७ भाद्र २०८२, शनिबार १९:५५