/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको कार्यालय व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले सहयोग सामग्री प्राप्त भएको छ। थापा इन्टरप्राइजेजका सञ्चालक तथा समाजसेवी युवा नेता भूपेन्द्र थापाले चौतारास्थित प्रेसचोकमा रहेको शाखा कार्यालयका झ्याल व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोगस्वरूप उपलब्ध गराएका हुन्। उहाँले १७ थान ९११९ फिट० छड, २० झ्यालका लागि २० जोर पर्दा तथा जडानमा प्रयोग हुने अन्य सामग्री प्रदान गरेका छन्।

यसअघि पनि थापाले १० झ्यालका लागि छड र पर्दा सहयोग गरिसकेका थिए। कार्यालयका बाँकी झ्यालहरूका लागि समेत सहयोग पुर्याउने प्रतिबद्धतासहित आइतबार उनले आफ्नै पसलमा शाखा अध्यक्ष ध्रुव दंगाललाई सामग्री हस्तान्तरण गरेका हुन्। करिब एक हजार रुपैयाँ बराबरको सामग्री सहयोग प्राप्त भएपछि शाखाले थापाप्रति आभार व्यक्त गरेको छ। साथै, संस्थाको दीर्घकालीन विकासका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता थापाले जनाएका छन्। साढे तीन तले उक्त कार्यालय भवनमा बैठक कक्ष, बहुउद्देश्यीय कक्षसहित आठ कोठा रहेका छन्। हाल शाखाले भवनको मर्मत–सम्भार तथा संस्थागत सुदृढीकरणका कार्यहरूलाई अगाडि बढाइरहेको छ।
७ पुष २०८२, सोमबार २१:१७