/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत निर्णयमार्फत रामचन्द्र कार्कीलाई अध्यक्ष बनाउँदै नयाँ कार्यसमिति चयन गरेको हो। सुकुटेमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रमेश गुरुङ, कोषाध्यक्षमा नकुन नेपाल र सदस्यमा प्रेमबहादुर भण्डारी, कुमार बस्नेत, नरेन्द्र खड्का, माधव विक र इश्वर भण्डारीलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत दुर्गामान तामाङले जानकारी दिनु भएको छ ।
संघको स्थापना २०५४ सालमा संघर्षपूर्ण अवस्थाबाट भएको स्मरण गर्दै निवर्तमान अध्यक्ष प्रेमबहादुर भण्डारीले आफ्नो कार्यकालमा जिल्लामा तीनवटा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न सफल भएको बताए। उनले नयाँ नेतृत्वले विगतको उपलब्धिलाई आधार बनाएर आगामी दिनमा संघलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नु भएको छ । अधिवेशनमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत, खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगाल र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डाँगीलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै खेलकुदको उन्नतिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यसैबीच, नयाँ कार्यसमितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष भण्डारीलाई केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय गरेको छ। साथै जिल्लामा तेक्वान्दोको विकासलाई थप परिणाममुखी बनाउन विभिन्न रणनीतिक निर्णयहरू पनि गरिएको उपाध्यक्ष गुरुङले बताउनु भएको छ ।
३ आश्विन २०८२, शुक्रबार १५:२५