/*php the_title();*/?>

जनतापत्र,काठमाडौं ।
नेपाल तेक्वान्दो संघको पाँचौं केन्द्रीय अधिवेशनबाट सिन्धुपाल्चोकका अनुभवी खेलकर्मी प्रेम भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। जम्मा १९ सदस्यीय निर्वाचित कार्यसमिति गठन भएको अधिवेशनमा नेपाली तेक्वान्दोका संस्थापक आदरणीय दिपराज गुरुङ अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै भानबहादुर चन्द, दिलबहादुर ओली र नन्दुकुमार राई उपाध्यक्षमा निर्वाचित भएका छन् भने,हेमन्त डाँगी महासचिव,कसिम मियाँ धोबी कोषाध्यक्षमा चयन भएका छन्।

कार्यसमितिका अन्य १४ जना सदस्यहरू भने अघिल्लो समितिबाट पुनः निर्वाचित भएका हुन्। यस अधिवेशनमा नयाँ रूपमा निर्वाचित हुने एक मात्र सदस्यको रूपमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका प्रेमबहादुर भण्डारीले स्थान सुरक्षित गरेका छन्। तेक्वान्दो खेलमा ३५ वर्षदेखि सक्रिय रहेका भण्डारीले विगत २८ वर्षदेखि निरन्तर प्रशिक्षण र खेल विकासमा समर्पित रूपमा योगदान गर्दै आएका छन्। यसअघि उनी एसियन तेक्वान्दो युनियनबाट लगातार तीन पटक युवा समितिको सदस्य समेत रहिसकेका छन्।
उनको यो दीर्घ योगदान र ताजगीपूर्ण नेतृत्व क्षमताका कारण तेक्वान्दो परिवारले भण्डारीको निर्वाचित परिणामलाई गौरव र प्रेरणाको रूपमा स्वागत गरेको छ।
२३ आश्विन २०८२, बिहीबार २१:३२