/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
लोकतान्त्रिक विचारधारामा दृढ प्रतिबद्धता व्यक्त गर्दै नेपाल तरुण दल, सिन्धुपाल्चोकको चौतारा साँगचोक गढी न .पा १ को पाँचौं वडा इकाई अधिबेशन भव्य रूपमा सम्पन्न भएको छ।
चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेमा सम्पन्न अधिवेशनले युवाहरूलाई सशक्त बनाउने र स्थानीय विकासलाई द्रुत गतिमा अघि बढाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।
निर्वतमान सभापति सोनाम शेर्पाको सभापतित्वमा आयोजित वडा इकाई अधिबेशनले एकमतका साथ आइतसिंह तामाङलाई वडास्तरीय इकाई समितिको सभापतिमा नयाँ कार्यसमिति चयन गरेको छ।
उहाँको नेतृत्वमा गठित नौ सदस्यीय कार्यसमितिमा युवराज तामाङ, कमल तामाङ, विशाल तामाङ, राकेश तामाङ, जितबहादुर तामाङ र सुक्र तामाङ रहेका छन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले लोकतन्त्रको जग बलियो बनाउन युवाको निर्णायक भूमिका रहने बताउनु भएको थियो ।
स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता, जोशिलो ऊर्जा र राजनीतिक चेतनाले अधिवेशनलाई उत्सवमय बनाएको थियो। नयाँ नेतृत्वले आगामी दिनमा वडा नं. १ स्याउलेलाई नमुना वडाको रूपमा स्थापित गर्ने दृढ संकल्प व्यक्त गरेको छ।
नेपाल तरुण दलको यो अधिवेशन संगठनात्मक सुदृढीकरणको प्रतीक बनेको छ, जनतासँग प्रत्यक्ष जोडिने अभियानको सुरुवातको संकेत पनि दिएको छ।
२० बैशाख २०८२, शनिबार २०:५४