/*php the_title();*/?>
काठमाडौँ । नेपाल र चीनबिच पहिलोपटक विद्युत आदानप्रदानका लागि २२० केभी प्रसारणलाइन निर्मा हुने भएको छ । जेलङरकेरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन निर्माणका लागि दुइ देशका अधिकारीबीच छलफल हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा सो प्रसारण लाइन चीन सरकारकै अनुदानमा निर्माण गर्ने सहमति भएको थियो । सो सहमतिलाई कार्यान्वयन गर्न सम्बन्धित संयुक्त कार्यदलको बैठक मार्चको अन्तिम सातामा चीनमा बस्दै छ ।
नेपाल विद्युत प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनका अधिकारी सम्मलित सो कार्यदलले आयोजनाको डिपिआर र लागत तथा निर्माण थालनीलगायतका विषयमा छलफल गर्ने स्रोतले जनाएको छ ।
नेपालको विद्युत आयातनिर्यात भारतसँग मात्रै निर्भर रहेको सन्दर्भमा चीनसँग पनि विद्युत क्षेत्रमा साझेदारी कायम गर्न सरकारले यो परियोजनालाई पनि प्राथमिकतामा राख्दै आएको छ । रातामाटे–केरुङ–रसुवागढी प्रसारण लाइन निर्माण गर्न चार सय केभी क्षमताका लागि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङले विस्तृत आयोजना प्रतिवेदन पनि तयार गरेको छ
तिब्बतको जेलङमा ५०० र २०० केभी सबस्टेसन छ । सोही सबस्टेसनमार्फत नेपाल–चीन विद्युत आदानप्रदान गर्ने गरी यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
४ चैत्र २०८०, आईतवार ०२:०४