/*php the_title();*/?>


टिका सुवेदी ।,तातोपानी ।
नेपाल–चीन बीचको तातोपानी नाकाको सडकको अवस्था अझै दयनीय छ । गत असोजको बाढी र पहिरोले बगाएका सडक र पुलहरू अझै बन्न सकेको छैन ।
तातोपानी नाकामा अस्थायी रूपमा सडक खुलाइए पनि सडक मर्मत र पुनर्निर्माणको काम सुस्त गतिमा भइरहेको छ । सडकको अवस्था दयनीय भएकाले मालबाहक कन्टेनरहरु जोखिम मोलेरै व्यापारिक सामान लिएर राजधानी भित्रिने गरेको नेपाल हिमालय सीमापार व्यापार संघका उपाध्यक्ष भरत कार्की बताउनु भएको छ ।
तातोपानी क्षेत्रको मुख्य पुल बगाएको महिनौं भइसक्दा पनि पुल निर्माण कार्यले गति लिन नसक्दा अहिले ह्युमपाइप विच्छ्याएकै भरमा मालवाहक गाडीहरू सामान ओसारपसार गरिरहेका छन ।
यस्तो अवस्थामा नजिकिँदै गरेको वर्षादको समयमा तातोपानी नाकाको व्यापार पुनः बन्द हुने अवस्थामा रहेको छ ।
२४ चैत्र २०८१, सोमबार ०९:३५