/*php the_title();*/?>


आइसिँ तामाङ,चौतारा सिन्धुपाल्चोक ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ। विशेष अवसरमा खुल्ला रक्तदान तथा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरिएको हो। चौतारा टुडिसेल (फ्ल्याट)मा आयोजित कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला, फोनिजका अध्यक्ष कमला पाख्रिन, उपाध्यक्ष दिपेन्द्र, सचिव आइिसं तामाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर कार्की, नेपाल सशस्त्र प्रहरी बल १६ नम्बर गणका गणपति अचुतकुमार मजगया, इन्द्रगढका सेनानी आदित्य श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिव श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो। स्थापना दिवसको अवसरमा बाढी–पहिरोजस्ता विपद् व्यवस्थापनमा सहयोग गर्ने सहयोगी हातहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूलाई माया र कृतज्ञताको प्रतीकस्वरूप मायाको चिनो पनि प्रदान गरिएको थियो । रक्तदानको माध्यमबाट मानव जीवन रक्षा गर्ने सन्देश फैलाउँदै, फोनिजले २६औँ वर्षको यात्रा अझै उत्साहका साथ अघि बढाउने संकल्प व्यक्त गरेको छ।
रक्तदान कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना र नपाल ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा, चौतारा साँगाचोकगढी नगरपालिका र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा सम्पन्न भएको हो।
२८ श्रावण २०८२, मंगलवार १९:२१