/*php the_title();*/?>

जनतापत्र, जुगल ।
जुगल गाउँपालिकाले आधारभूत तह (६–८) स्तरीय नेपाली हिज्जे प्रतियोगितामा सम्पन्न गरेको छ ।
पालिकाले संचालन गरेको उक्त प्रतियोगितामा गाउँपालिका भित्रका १६ वटा बिद्यालय सहभागी भएका थिए । श्री जलदेवि माध्यमिक बिद्यालय याङलाकोट सो प्रतियोगितामा प्रथम हुन सफल भएको छ । त्यस्तै श्री सेलाङ मा वि दोस्रो र श्री जुगल मा वि ले तृतीय भ
एका छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हात पार्न सफल बिद्यालयहरु शैक्षिक सामग्री द्वारा पुरस्कृत भएका छन् ।
विद्यार्थीहरूमा नेपाली भाषाका भाषिक सीप उन्नयनका साथै उच्चारण र लेखनका क्रममा हुने गरेका भाषिक त्रुटिहरू निराकरण गराउने उच्च अभिप्रायका साथ कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो ।
१४ माघ २०८१, सोमबार ११:२९