/*php the_title();*/?>
जनतापत्र, काठमाण्डौ — नेपाली सेनाले प्राविधिक, हवाई तथा विविध सेवासम्बन्धी पदहरूमा ३८८ जनाका लागि दरखास्त खुलाएको छ । सेनाको भर्ना छनोट निर्देशनालय द्वारा जारी सूचनाअनुसार दर्शिएका पदहरूमा पदिक तथा बिल्लादार स्तरमा भर्ना प्रक्रिया अगाडि बढाइनेछ ।
भर्ना अन्तर्गत रहेका प्रमुख पदहरूमा नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचार-प्रसार, इलेक्ट्रिसियन, डिस्प्याचर, कम्प्युटर अपरेटर, डेण्टल असिस्टेन्ट, ध्वनी सम्पादन तथा ब्याण्डसम्बन्धी पदहरू रहेका छन् । तीमध्ये खुला कोटामा २०५, आदिवासी तथा जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको उल्लेख गरिएको छ । योग्य उम्मेदवारहरूले तोकिएको म्यादभित्र दरखास्त पेश गरी आवेदन प्रक्रिया पुरा गर्न सक्नेछन् ।


२७ मंसिर २०८२, शुक्रबार ११:२३