नेपाली कांग्रेस मेलम्ची कार्यसमितिद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन र सांस्कृतिक कार्यक्रम हैबङमा

जनतापत्र,मेलम्ची हैबुङ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ३ हैबुङ मा नेपाली कांग्रेस मेलम्ची कार्यसमितिले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारासहित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा वृहत सांस्कृतिक कार्यक्रम समपन्न गरेको छ।
सोही कार्यक्रम मेलम्ची नगरपालिका–३ हैबुङको माछछन पालनमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मेलम्ची क्षेत्रको विकासका लागि आफनो तर्फबाट तीन करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रमका विशेष अतिथि मेलम्ची नगर प्रमुख आईतमान तामाङले जिम्मेवारी लिएपछि त्यसलाई पूरा गर्नु आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनु पर्ने बताउनु भएको छ । नगरपालिकाले भवन, सिँचाइलगायत विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिरहेको जानकारी दिँनुहुदै कांग्रेसको झण्डा १३ वटै वडामा फर्फरिने विश्वास व्यक्त गर्नु भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश सदस्य कुमार दुलाल, मेलम्ची–१० का वडाध्यक्ष अमृत खनाल, महासमिति सदस्य सविता गुरुङ र क्षेत्र नं. २ संगठन विभाग प्रमुख फडेन्द्र दाहाल लगायतले मन्तव्य समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा ५०० भन्दा बढी स्थानिय बासीको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर सभापति बसन्त गुरुङले नयाँ वर्षको शुभकामना दिंदै समापन घोषणा गर्नु भएको थियो ।

१ बैशाख २०८२, सोमबार २१:०३