नेपाली कांग्रेस क्षेत्र नं। २ को निर्वाचन परिचालन कार्यालय उद्घाटन

जनतापत्र, सिन्धुपाल्चोक
आगामी निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेस सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ ले निर्वाचन अभियानलाई प्रभावकारी बनाउन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ। क्षेत्रीय सभापति आइतमान तामाङको संयोजकत्वमा आज औपचारिक रूपमा कार्यालय उद्घाटन गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति तामाङले निर्वाचन अभियानलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले कार्यालयमार्फत गतिविधिहरू अघि बढाइने जानकारी दिनुभयो।

उहाँले पार्टी संगठनलाई अझ मजबुत बनाउँदै घरदैलो अभियान, मतदाता अभिमुखीकरण र जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिने बताउनुभयो। नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक पृष्ठभूमि, लोकतान्त्रिक मूल्य–मान्यता र विकासमुखी एजेन्डालाई आधार बनाएर निर्वाचनमा होमिने स्पष्ट पारेको छ। पार्टीलाई विजय दिलाउन सबै तहका नेता तथा कार्यकर्तालाई जिम्मेवारीपूर्वक लाग्न उहाँले आग्रह गर्नुभयो।

२३ माघ २०८२, बिहीबार १८:३८