नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमिफाइनलमा


जनतापत्र,
नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा महिला यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
नेपालले १९ ओभरमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको तर्फबाट कप्तान पूजा महतोले नटआउट ४७ रन बनाउँदा ४७ बल सामना गर्दै ३ चौकासमेत प्रहार गरिन । त्यस्तै साना परवीनले १०, सोनी पाख्रिनले १३ र सिमाना केसीले नटआउट १२ रन बनाउँदा पाकिस्तानका लागि फाति
मा खान र कुरातुलैनले १÷१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ बनाइन् । उनले ४४ बलमा दुई चौका प्रहार गर्दै ३८ रन बनाएकी हुन् ।

१ पुष २०८१, सोमबार १०:५४