नेकपा (माओवादी केन्द्र) पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला अध्यक्षमा पराजुली निर्वाचित

जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोकमा नेकपा (माओवादी केन्द्र) पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला अध्यक्षमा शंकरप्रसाद पराजुली निर्वाचित भएका छन् ।
संगठनको शुक्रबार सम्पन्न पाचौं जिल्ला सम्मेलनबाट पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
यस्तै, समितिको उपाध्यक्षमा युवराज खरेल, रामशरण बुढाथोकी  र सीता गिरी, सचिवमा रमेश गौतम, सह सचिवमा अनिष तामाङ, रेशम तामाङ र बिरेन्द्रराज गिरी, कोषाध्यक्षमा राजेन्द्रप्रसाद आचार्य निर्वाचित भएका छन् ।  

१९ बैशाख २०८२, शुक्रबार २०:४७