नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्धारा चौतारामा विरोध प्रदर्सन

जनतापत्र,सिन्धुपाल्चोक ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ प्रकरणको विरोधमा चौतारामा विरोध प्रदर्सन गरेको छ । पार्टीले आईतबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई कडा चेतावनीसहित ज्ञापनपत्र बुझाएको छ। एमालेले बिहान गरिएको पक्राउलाई “लोकतान्त्रिक मूल्यविपरीत र प्रतिशोधपूर्ण कदम”को रूपमा व्याख्या गर्दै तत्काल बिना शर्त रिहाइको माग गरेको छ।

पार्टीका स्थानीय नेताहरूले यस्तो गतिविधिले देशको राजनीतिक वातावरणलाई थप अस्थिर बनाउने चेतावनी दिएका छन्। यसअघि सदरमुकाम चौतारामा गरिएको विरोध प्रदर्शनपछि नेता–कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। सो क्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र हस्तान्तरण गरिएको हो। एमालेका पदाधिकारीहरूले सरकारलाई लोकतन्त्रको मर्म र संवैधानिक अभ्यासको सम्मान गर्न आग्रह गर्दै यस्ता कदम दोहोरिए कडा आन्दोलनमा उत्रिने संकेत दिएका छन्।

१५ चैत्र २०८२, आईतवार १८:३८