/*php the_title();*/?>
जनतापत्र, मेलम्ची ।
नेकपा एमाले मेलम्ची नगर कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । गत शुक्रबार सम्पन्न उक्त अधिवेशनले उपेन्द्र तामाङलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । यसैगरी उपाध्यक्षमा पासाङ दोङ,सचिवमा शालिकराम अधिकारी, उपसचिवमा देवोत्तम दुलाल र प्रतिमा धिताल निवार्चित भएका छन् । निर्वाचन अधिकृत कृष्णमुरारी चौलागाईंले दिनुभएको जानकारी अनुसार, सचिवमा अधिकारी दोहोरीएका छन् भने, निर्वाचित पदाधिकारीलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सपथ खुवाउनु भएको थियो ।
नेकपा एमालेका सचीव पद्माकुमारी अर्यालद्धारा उद्घाटन भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तामाङ,केन्द्रिय सदस्य एवम् एमाले जिल्ला इन्चार्ज सरेश नेपाल,केन्द्रिय सदस्य सुवास कर्मचार्य,अनुशासन आयोगका सदस्य डम्बर अर्याल बागमती प्रदेश कमिटीका सदस्य लगायतको सहभागिता रहेको थियो ।
५ माघ २०८१, शनिबार ११:३४