/*php the_title();*/?>


जनतापत्र,जुगल ।
नेकपा एमाले जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गदै नेकपा एमालेका उपमहासचिव तथा सरकारका प्रवक्ता समेत रहनु भएका सूचना तथा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको काममा सरकार प्रभावकारि रुपमा कार्य गरिरहेको बताउनुभएको छ ।
सरकारको काम थप प्रभावकारि बनाइने र ‘कुनैपनि सरकारी निकायमा पुगेको फाईलको एक सातामा नतिजा आउने गरी सुनिश्चितता दिने बताउनु भएको छ ।
नागरिकको प्रतिब्यक्ति आय बृद्धिमा सरकारले काम गरिरहेको र परिवारको सुरक्षा गर्न नसक्ने राजतन्त्रको विषय उठान गर्दै अव नेपालमा राजाले नागरिकर देशको सुरक्षा दिने कुनै संभावना नरहेको समेत बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले स्थाई कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल,सिन्धुपाल्चोक इन्चार्ज सरेश नेपालले केन्द्रीय सदस्य सुभाष कर्माचार्य, एमाले नेता अमानसिं तामाङ, एमाले जिल्ला अध्यक्ष होमनारायाण श्रेष्ठलगायतले सो आयोजित बिशाल सभामा सम्वोधन गरेका थिए ।
भब्यताका साथ सुरु भएको जुगल गाउँपालिका कमिटीको बन्दशत्रबाट नयाँ नेतृत्व चयन हुने एमाले जुगलका अध्यक्ष छिरिङ लामाले जानकारि दिनु भएको छ ।
२७ चैत्र २०८१, बिहीबार १३:५७