/*php the_title();*/?>


सुनिता देउजा- नेकपा एमाले ,जिल्ला कमिटी सचिवालय सदस्य एवम् अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य
१. नेकपा एमाले कस्तो पार्टी हो ?
नेकपा एमाले नेपालका आम जनसमुदायको पार्टी हो। हिमाल, पहाडदेखि तराईसम्म, पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म फैलिएको यो विशाल संगठन लामो संघर्षको उपज हो। पार्टीसँग देशव्यापी नेतृत्व पंक्ति छ, जुन जनताको बहुदलिय जनवाद सिद्धान्तमा आधारित छ। यही सिद्धान्तले नेकपा एमालेलाई अरु पार्टीभन्दा फरक र परिपक्व बनाएको छ। दक्षिण एशियामै सबभन्दा सशक्त, संगठित र स्रोतसाधन सम्पन्न पार्टीका रूपमा यसलाई हेरिन्छ। पटक–पटक सरकार सञ्चालन गर्दै गरेका जनमुखी कामहरूले एमाले जनताका लागि आशा र भरोशाको केन्द्र बनेको छ। महिला, किसान, मजदूर, मधेसी, दलित, भूमिहीन र अवसरबाट वञ्चित समुदायलाई प्राथमिकतापूर्वक सम्बोधन गर्ने पार्टीको पहिचान छ।
२. यो पार्टीलाई के कस्तो अवसर छ ?
एमालेप्रति जनताले विश्वास प्रकट गरेका छन्। पढे–लेखेका मध्यमवर्गीय कार्यकर्ताहरूको ठूलो संख्याले पार्टीलाई बल दिएको छ। आधा आकाश ओगट्ने महिलाहरूलाई राज्यका निकायमा स्थापित गर्ने पार्टीको पहलले महिलामाझ पनि अपेक्षा बढाएको छ। स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूका कामले एमाले जनतासम्म नजिक पुगेको छ। पटक–पटक सरकारमा सहभागी भई गरेका जनसरोकारका कामहरूले पनि आगामी निर्वाचनमा जनताको अपार माया र समर्थन प्राप्त गर्ने अवसर पार्टीसँग रहेको छ।
३. यो पार्टीलाई चुनौति के छ ?
पार्टीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै चुनौतीहरू छन्। २०७९ को निर्वाचनमा एमाले एकातिर र अरु पार्टीहरू अर्कोतिर भएर चुनावमा प्रतिस्पर्धा गर्नु सामान्य थिएन। अन्तर्राष्ट्रिय शक्तिहरूले सकेसम्म एमालेलाई सरकारमा जान नदिने वा पुगे पनि हटाउने प्रयास गर्ने गरेको देखिन्छ। आन्तरिक रूपमा पार्टीभित्रको गुट–उपगुटलाई व्यवस्थापन गर्नु, कार्यकर्ताबीचको असन्तोष कम गर्नु र एकता कायम गर्नु ठूलो चुनौती हो। साथै विभिन्न पार्टी वा समूहबाट बिना कारण लगाइने आरोपहरूको समयमै खण्डन र प्रतिवाद गर्नु पनि आवश्यक छ।
४. तपाईंको विचारमा कस्तो एमाले देख्न चाहनुहुन्छ ?
म एक यस्तो एमाले देख्न चाहन्छु जसका नेता, कार्यकर्ता र नीति–नियमहरूबारे कसैले प्रश्न उठाउन नसकोस्। स्वदेश र विदेशमा रहेका नेपालीहरूले गर्वका साथ आफ्नो पार्टी भन्न सक्ने, युवाहरूले रोजगारीको अभावमा विदेशिनु नपर्ने, विदेशिएका नेपालीहरूले स्वदेश फर्केर काम गर्ने वातावरण बनाउन सक्ने, दिगो विकास र सामाजिक न्यायको अग्रणी शक्ति बन्ने गौरवशाली एमाले देख्न चाहन्छु।
१ भाद्र २०८२, आईतवार ०६:५४