नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित

जनतापत्र,सिन्धुपाल्चोक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका हुन्। अध्यक्षका अर्का उम्मेदवार तथा पूर्वमहासचिव ईश्वर पोखरेलले ५ सय ६४ मत ल्याए। पोखरेल अध्यक्ष पदमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका थिए। ओली यसअघि २०७१ सालमा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए भने २०७८ सालमा सौराहामा सम्पन्न महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष चुनिएका थिए। यसअघि २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा भने उनी झलनाथ खनालसँग पराजित भएका थिए। केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचनमा कुल २ हजार २ सय २७ मत खसेको थियो भने ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए।

३ पुष २०८२, बिहीबार १३:२२