/*php the_title();*/?>


जनतापत्र,नुवाकोट ।
पशुपतिनाथको पर्यायको रूपमा पुजिँदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको छ ।
काठमाडौँवाट नजिक रहेको दुप्चेश्वर मन्दिरमा भक्तजनहरू आउने क्रम बढेको छ ।
यातायातको सहजताका करण दैनिक रूपमा भक्तजनहरू बढिरहेका छन् । दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकै दिन पौने दुई लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।
भक्तजनहरू बढेका कारण भेटी सङ्कलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । दुप्चेश्वरमा शनिवार एक लाख ६१ हजार आठ सय १० रुपैयाँ भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।
३० चैत्र २०८१, आईतवार २२:२५