निशुल्क स्वास्थ्य शिविर जारी


जनतापत्र, चौतारा
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाद्धारा निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गरिएको छ । नगरपालिकाको सहयोगमा शिविर जारी निशुल्क स्वास्थ्य शिविमा पहिलो दिन वडा नं १२ का ७ सय २८ जनाले सेवा लिएका छन् । उक्त शिविरबाट ५ सय १४ जनाले दन्त सेवाबाट लाभान्वित भएका छन् त्यस्तै २ सय १४ जनाले आँखाको परिक्षण गरि सेवा प्राप्त गरेका छन् ।

साँगाचोकको बर्थिङ सेन्टरमा भएको शिविरमा पुगेका मेयर सापकोटाले नगरपालिको स्वास्थ्य क्षेत्रमा उलेख्य काम गरेको जानकारी दिदै शिविरले नागरिकलाई स्वास्थ्य अवस्थाबारे थाहा पाउन पनि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । त्यस्तै घरआगनमा सेवा दिने उदेश्यले सँस्थाको सहकार्यमा शिवर गरेको भन्दै पायक पर्ने स्थानमा गई शिविरमा उपलब्ध सेवा लिन नगरबासीलाई आग्रह गर्नुभएको छ ।
महिला तथा बालबालिका उत्थान समाज काठमाण्डौको आयोजनामा चौतारा साँगाचोक गढी नगरपालिकाको सहयोग तथा ऊँ समाज डेन्टल हस्पिटल र तिलगंगा आँखा अस्पतालको सहकार्यमा भएको उक्त शिविरबाट नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वास्थ्य शाखा प्रमुख शिव पुरी, जनस्वास्थ्य अधिकृत दिनेश नेपाल, नर्स, स्वास्थ्यकर्मीहरु पनि खटिएका छन् ।
शिविरमा दाँत सफा गर्ने, निकाल्ने, आँखा परिक्षण, सुगर, प्रेसर र तौल परिक्षण गरिएको थियो । विभिन्न ठाउँबाट शिविरमा आइपुगेकाहरुलाई ओम डेन्टल हस्पिटल, तिलगंगा आँखा अस्पताल र नगरपालिकाका चिकित्सकहरुले सेवा दिइरहेका छन्

११ पुष २०८१, बिहीबार १२:१०