/*php the_title();*/?>


जनतापत्र,चौतारा सिन्धुपाल्चोक ।
हरितालिका तीजको अवसरमा चौतारा साँगाचोकगढीमा आयोजित नगर स्तरीय अन्तर माध्यमिक लोकगीत प्रतियोगितामा सेतीदेवी माध्यमिक विद्यालय, स्याउले प्रथम स्थान हासिल गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगितामा नगरका ११ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा डडुवा भवानी शंकर मावि दोस्रो, कृष्ण रत्न गंगा मावि तेस्रो र इर्खु मावि चौथो स्थानमा पुगेका छन् ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले दीप प्रज्वलन गर्दै गरेका थिए । उनले समाजमा देखिएको विगत र वर्तमानबीचको ठूलो अन्तरको चर्चा गर्दै, महिलाको बढ्दो सहभागिता र समावेशी राज्यव्यवस्थाको महत्व उल्लेख गरे । साथै उनले उपलब्धिको रक्षा गर्न सबैलाई आग्रह गरे । प्रतियोगिताका विजेताहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठलगायत पदाधिकारी तथा शिक्षकहरुले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
सहभागी विद्यार्थीहरुले तीज पर्वका नाममा देखिएका विकृति–विसंगतीमाथि व्यङ्ग्यात्मक प्रहार गरेका थिए भने परम्परागत रीतिथितिको संरक्षणमा जोड दिएका थिए ।
प्रतियोगिताको मूल्याङ्कन संगीतकर्मी संघ सिन्धुपाल्चोकका सल्लाहकार इश्वर सापकोटा, रचना थापा र सिन्धुकला मन्दिरका सदस्य निर्मल बस्नेतले गरेका थिए ।
कार्यक्रमसँगै विद्यालयको अभिभावक भेला तथा दर खाने कार्यक्रम समेत सम्पन्न भएको थियो ।
५ भाद्र २०८२, बिहीबार २२:१६