धार्पाले बाढ्यो शैक्षिक सामग्री


जनतापत्र, बाह्रविसे ।
धार्पाले शैक्षिक सामग्री वितरण गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा स्थापित धार्पा युवा क्लवले फुटबल प्रतियोगिताबाट जितेको नगद रकम खर्चले शैक्षिक सामाग्री वितरण गरको हो ।
१२ विद्यालयमा शैक्षिक सामग्री र दुईमा खेलकुद सामग्री बाँडेको बताउँदै क्लवका सचिव अर्जुनकुमार लामाले पुष १२ र १३ गते क्लबले सामग्री बाँडेका जानकारी दिनुभयो ।
चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा धार्पा युवा क्लव प्रथम भएको थियो । जसबाट विजेता धार्पा युवा क्लवले एक लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ जित्न सफल भएको थियो ।
मेलचौर युवा जागरण समाजले १० कात्तिकमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।
क्लबले जितेको सबै रकमबाट २५ सय थान कापी र २५ सय थान कलम खरिद गरेको हो ।
उक्त शैक्षिक सामग्री बाह्रबिसे नगरपालिका वडा नं ३ भित्र रहेका गणेश आधारभुत बिधालय, किल्लेश्वरी आबि, नारायण आबि, बागेश्वरी आबि, बाह्रदेवी आबि, महाकाली आबि बाह्रबिसे ४, सेतीदेवी आवि बाह्रबिसे २, ईश्वरीमाला आबि बाह्रबिसे २, सीताराम
आबि बाह्रबिसे ८, हिमचुली आबि बाह्रबिसे ९, दीपज्योती आवि बाह्रबिसे ६ र बासुकीदेवी आवि बाह्रबिसे ७ लाई वितरण गरिएको छ।

१५ पुष २०८१, सोमबार १२:३६