दोस्रो जाल्पादेवी 7 ‘A’ Side खुला फुटबल कप–२०८२ रोयल प्युघर विजेता

जनतापत्र, मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीस्थित जाल्पादेवी खेलमैदानमा सम्पन्न दोस्रो जाल्पादेवी ‘७ ए’ साइड खुला फुटबल कप–२०८२ को उपाधि रोयल प्युघरले हात पारेको छ। शनिबार भएको फाइनलमा रोयल प्युघरले गोर्खाली जि टिमलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो। कुल १७ टिम सहभागी प्रतियोगिता पाँच दिनसम्म सञ्चालन भएको थियो। विजेता रोयल प्युघरले रु। १ लाखसहित सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता गोर्खाली जि टिमले रु। ५० हजारसहित पुरस्कार प्राप्त गर्‍यो। समापन समारोहमा नगरप्रमुख आइतमान तामाङ प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा गायक गंगा सोनामको प्रस्तुति र विविध सांस्कृतिक कार्यक्रमले वातावरण झन् उत्साहपूर्ण बनेको थियो। प्रतियोगिता जाल्पादेवी माझिगाउँ युवा क्लबले आयोजना गरेको हो।

११ आश्विन २०८२, शनिबार २१:३०