/*php the_title();*/?>


जनतापत्र,त्रिपुरासुन्दरी
त्रिपुरासुन्दरी गाउँपालिकाका सबै ६ वडालाई पूर्ण खोप तथा दिगोपनाको गाउँपालिका घोषणा गरिएको छ। पालिकाभित्रका १५ महिनामुनिका सम्पूर्ण बालबालिकाले नियमित खोप प्राप्त गरिसकेका छन्।
घोषणा कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपाध्यक्ष गीता कुमारी नेपाल, वडा अध्यक्षहरू, जिल्ला खोप कार्यक्रमका फोकल पर्सन पवन भाट, स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो।
स्वास्थ्य शाखा प्रमुख शाहले खोप कार्यक्रमको दीगो विकासका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय बीच सहकार्यमा विविध पहलहरू अगाडि बढाइने जानकारी दिनुभयो। अध्यक्ष बोहोराले सबैलाई धन्यवाद दिँदै, स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष नेपालले पनि यो पालिकाको साझा सफलता भएको उल्लेख गर्दै सबैप्रति आभार प्रकट गर्नु भएको छ ।
३० जेष्ठ २०८२, बिहीबार १९:५१