त्रिपुरासुन्दरीमा बर्थिङ सेन्टर निर्माण


जनतापत्र, त्रिपुरासुन्दरी ।

त्रिपुरासुन्दरीमा स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ ।
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थली गाउँमा बुधबार बर्थिङ सेन्टरसहितको सुविधाजनक स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको हो ।

गाउँपालिकामै यस्ता सुविधा सम्पन्न स्वास्थ्य चौकिको निर्माण हृुँदा खुसी लागेको त्रिपुरासुन्दरी–१ का ८७ वर्षीय पूर्ववडाध्यक्ष कर्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँ सात वर्षअघि यही गाउँमा स्वास्थ्य चौकीको माग गर्दा गाउँसभाबाट निकालिएको बताउँदै अहिले स्वास्थ्य चौकि निर्माण हुँदा खुसि लागेको बताउँनुभयो ।
उहाँले विगतका कुरालाई सम्झिदैँ, भन्नुभयो, ‘सात वर्षअघि यही गाउँका लागि स्वास्थ्य चौकीको माग गर्दा गाउँसभाबाटै निकालिएको थिएँ, अपमान सहेर म रोएर निस्किएँ तर आज त्यो सपना पूरा भएको देख्दा ज्यादै खुसी लागेको छ, त्यो खुसी म कसरी बाडौं ?,’
त्रिपुरासुन्दरी गाउँपालिकाले ‘त्रिपुरासुन्दरी उद्घाटन सप्ताह २०८१’ अन्तर्गत पहिलो दिनमा सो भवन निर्माण सम्पन्न गरेको हो । उक्त भवन सरकारी अनुदान ३८ लाख ५० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
पालिकाले दिएको जानकारी अनुसार, सात दिन लगातार पालिकाभरि निर्माण सम्पन्न भएका प्रशासनिक भवन, पुलसहित अनेकन संरचना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

‘गर्भवती र प्रसूति व्यथाले च्याप्दा चार घण्टा बढी समय लगाएर बाह्रबिसे नगर अस्पताल, धुलिखेल अस्पताल धाउनुपर्ने समस्या हटेपर्छि स्थानीयको अनुहार उज्यालिएको गाउँपालिकाका अध्ययक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो ।

२० मंसिर २०८१, बिहीबार १२:५४