/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा तीज विशेष सांस्कृतिक कार्यक्रम–२०८२“ सम्पन्न गरिएको छ। नेपाली महिलाहरूको महान पर्व तीजलाई लक्षित गरी आयोजना गरिएको यस विशेष कार्यक्रमले स्थानीय स्तरमा मात्र नभई सम्पूर्ण जिल्लाभरिका महिलाहरूको सहभागिता र उत्साहलाई झल्काएको थियो।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्दै तीज पर्व केवल नाचगानमा सीमित नभई महिलाहरूको सामाजिक, सांस्कृतिक र मानसिक सशक्तीकरणसँग जोडिएको पर्व भएको बताउनुभयो। “तीज अब महिलाहरूलाई सीमित गर्ने पर्व नभएर, उनीहरूलाई आत्मनिर्भर, सचेत र समाज निर्माणमा सक्रिय बनाउने माध्यम बनेको छ। आज महिलाहरू सशक्त भइसकेका छन्, अगाडि बढिसकेका छन्। यसलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग र प्रतिबद्धता आवश्यक छ।“ साथै नगर प्रमुख सापकोटाले महिलाहरूले घरभित्र मात्र सीमित नभई शिक्षादेखि राजनीति, समाजसेवा, उद्यमशीलता र नेतृत्वको प्रत्येक क्षेत्रमा आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेको उदाहरण प्रस्तुत गर्दै आगामी दिनमा महिलाहरूको क्षमताको कदर गर्दै समाजलाई अझ समतामूलक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरूले तीजका सांस्कृतिक नृत्य, गीत र कवितामार्फत मनोरञ्जन प्रदान गरेका थिए।
१० भाद्र २०८२, मंगलवार १७:४२