/*php the_title();*/?>


जनतापत्र,सिन्धुपाल्चोक ।
तातोपानी नाकाबाट सात अर्ब पाँच करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट विद्युतीय गाडी आयात भएको छ । दुई हजार सात सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाकाबाट आयात भएको हो ।
सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा आउने तयारी रहेका छन् । उक्त विद्युतीय गाडीहरु जाँच पासका लागि यार्डमा रहेका छन् । अरू सबै जाँच पास भएर राजधानी पुगिसकेका छन् भने यार्डमा रहेका सात सय विद्युतीय गाडीको वैशाख महिनाभित्र नै जाँच पास भएर राजधानी प्रवेश गर्ने तयारी रहेका छन् ।
चालु आर्थिक बर्षमा चीनबाट तातोपानी नाकामा जिप र भ्यान ३७० वटा, एक सय किलोवाटका एक हजार ५४४ वटा, दुई सय किलोवाटका दुई सय २९ वटा, तीन सय किलोवाटका दुई, तीन सय किलोवाट भन्दा माथिका एक र फोरह्वील विद्युतीय कार ४१ वटा ,ठुलो विद्युतीय बस एक वटा, ११ देखि १४ सिट भएका माइक्रो बस २८० वटा, १५ देखि २५ सिट भएका मिनिबस २४८ वटा, ५० किलोवाटका कार,आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
२७ सय २४ वटा विद्युतीय सवारीसाधनबाट तीन अर्ब ७५ करोड ६३ लाख राजस्व सङ्कलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
विगतका बर्षहरुमा भन्दा यस वर्ष उच्च दरमा विद्युतीय गाडीहरू आयात भएकाले राज्यलाई राम्रो राजश्व सकंलन भएको बताउनुभएको छ ।
अब सात सय वटा गाडीहरू वैशाखभित्र जाँच पास भई सबै राजधानी पुग्ने पनि बताउनु भएको छ ।
६ बैशाख २०८२, शनिबार १६:४३