/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
नेपाली साहित्यमा कथा, लघुकथा, निबन्ध, समालोचना र समसामयिक लेखनमार्फत सक्रिय डा, टीकाराम पोखरेलको नयाँ कथा सङ्ग्रह ‘अन्त्यारम्भ’ सार्वजनिक भएको छ। सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित यस कथा सङ्ग्रहमा एक्काइस वटा कथा समावेश छन्। कथाहरूमा प्रेम, यौन, जीवन, मानव मनोविज्ञान, मानवीय मूल्यमान्यता, राजनीतिक विकृति, सामाजिक विसङ्गति, अपराध, अन्धविश्वास, अविकास र गरिबीले सिर्जना गरेका विषम यथार्थहरूको जीवन्त चित्रण गरिएको छ। कथाहरूमा कल्पनाभन्दा बढी भोगाइका तत्त्वहरू, समाजका कुरीतिप्रति व्यङ्ग्यात्मक प्रहार, र मानवताको ह्रासप्रति लेखकको गहिरो चिन्ता झल्किन्छ। यौनका बाछिटा, प्रेमका मिठास, राजनीतिका धब्बा, छलनीतिका प्रसङ्ग, लोभ, पाप र अपराधका पाटाहरूले कथाहरूलाई बहुआयामिक बनाएका छन्।अन्त्यारम्भ’ डा। पोखरेलको नवौँ कृति र दोस्रो कथा सङ्ग्रह हो। यसअघि उनको कथा सङ्ग्रह ‘धोको’ ९२०५६०० प्रकाशित भइसकेको थियो।
२३ आश्विन २०८२, बिहीबार १७:२०