/*php the_title();*/?>


जनतापत्र,काभ्रे ।
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडिएपछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड निर्माणको काम अन्योलमा परेको छ ।
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडिएपछि बर्साको समयमा हिलो, पहिरोलगायतबाट हुन सक्ने राजमार्ग बन्दको विषयमा नागरिक तहमा चिन्ता र चासो बढेको हो ।
सडक डिभिजन भक्तपुरले फागुन १५ गते अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको विस्तारको जिम्मा पाएको गौरीपार्वती निर्माण सेवासँगको ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरेको थियो । निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडिएपछि निर्माणाधीन उक्त सडक विस्तारका लागि नयाँ ठेक्का कहिले सुरु हुन्छ र कहिले सम्पन्न हुन्छ भन्ने अन्योल देखिएको छ ।
निर्माण व्यवसायीसँगको ठेक्का तोडिएपछि बेबारिसे बन्न पुगेको धुलिखेल–खाबा सडक घरी धुलाम्य त घरी हिलाम्यभई यात्रा कठिन बन्दै आइरहेको छ ।
१ बैशाख २०८२, सोमबार २१:१५