ठूलोसिरुवारी खेलकुद महोत्सव सुरु


ज्नतापत्र, चौतारा ।
ठूलोसिरुवारी खेलकुद महोत्सव सुरु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ मा दोस्रो सो महोत्सव सुरु भएको हो ।
सो महोत्सव दुईदिन सम्म चल्ने छ । खेलकुद महोत्सव तथा नगर मावि स्तरीय जुनिएन कराते प्रतियोगिता २०८१ को उद्घााटन नगरप्रमुख कृष्णप्रसाद सापकोटाद्धारा गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले वडा नम्बर १३ ले खेलको माध्यमबाट नगरको सान बढाएको जानकारी बताउन’भयो ।
उहाँले १३ नम्बर वडा ठुलोसिरुवारीले जिल्लाकै पहिलो वालमैत्री वडा घोषणा गर्न समेत सफल भएको बताए ।
नगरलाई समृद्ध बनाउन सकिन्छ भन्ने बिषयमा सवै पक्षको साथ र सहयोग लिईरहेका सापकोटाले जनाए ।

१५ कार्तिक २०८१, बिहीबार १०:५६