/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक –
जुगल गाउँपालिका अन्तर्गत पर्ने झुल्के गाउँमा सञ्चालनमा आउन लागेको बाल विकास कक्षाका लागि आवश्यक कक्षा कोठा सामग्रीहरू FIRST STEPS Nepal नामक संस्थाले उपलब्ध गराएको छ। यस सहयोगले झुल्के गाउँमा प्रारम्भिक बाल शिक्षाको पहुँच र गुणस्तर दुवैमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

संस्थाले यसै वर्षदेखि सञ्चालन हुने बाल विकास केन्द्र (ECD) का लागि आवश्यक पर्ने तालिम उपकरण, शैक्षिक सामग्री, फर्निचर लगायतका सामानहरू प्रदान गरेको हो। गाउँपालिकाको तर्फबाट संस्थालाई औपचारिक रूपमा आभार व्यक्त गरिएको छ।
सामग्रीहरू दुर्गम बस्ती झुल्केसम्म सुरक्षित रूपमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुन बहादुर लगायत स्थानीय स्वयंसेवकहरूलाई समेत गाउँपालिकाले विशेष धन्यवाद दिएको छ।

स्थानीय बासिन्दाहरूले यो सहयोगप्रति खुसी व्यक्त गर्दै बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्तो पहल आवश्यक रहेको बताएका छन्।
७ जेष्ठ २०८२, मंगलवार १७:०९