/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
ज्येष्ठ नागरिकलाई समाजले सम्मान गर्नुपर्ने युवराज दुलालले बताएका छन् ।
उनले समाज सभ्यले भएमा वृद्धवृद्धालाई सम्मान र हेरचाह गर्ने बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका वागमती प्रदेशसभा सदस्य दुलालले ज्येष्ठ नागरिक समाजका लागि अमूल्य सम्पदा भएको जनाएका छन् ।
३४ ओ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा चौतारा वृद्धाश्रमले आयोजना गरेको १६ ओ वार्षिक साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा आफ्नो भनाई राख्दै सो कुरा बताएका हुन् ।
उनले ज्येष्ठ नागरिकको दायित्वबोध गरेर राज्यले सामाजिक सुरक्षाको व्यवस्था गरेको जनाएका हुन् ।
बृद्धबृद्धाको उचित स्याहारसुसारको लागि पहिलो दायित्व परिवारको भएको बताउँदै अलपत्र अवस्थामा रहेका र पारिवारिक अपहेलनामा परेका बृद्ध बा आमालाई १६ वर्षदेखि सम्मान र स्याहार गरेको चौतारा वृद्धाश्रम सेवा समितिलाई मन्त्री दुलालले धन्यवाद दिएका थिए ।
ज्येष्ठ नागरिक समाजका विद्यालय भएको जिल्ला समन्वय उपप्रमुख पदम नाथ नेपालले जनाए ।
्प्रमुख जिल्ला अधिकारी किरण थापाले आमाबुबा भन्दा ठूलो कोही नहुने भएकोले उहाँहरुको सम्मान र हेरचाहको पहिलो दायित्व परिवारको रहेको भनाइ राखे ।
१६ आश्विन २०८१, बुधबार ११:३३