/*php the_title();*/?>

आइसिँ तामाङ । मेलम्ची न,पा ३ हैबुङ ।
मेलम्ची नगरपालिकाको आयोजनामा र जेरियाट्रिक सोसाइटी अफ नेपालको सहकार्यमा एक दिवसीय “ज्येष्ठ नागरिक बुढ्यौली स्याहारसम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रम मेलम्ची नगरपालिका वडा नं. ३ स्थित हैबुङमा सम्पन्न भएको छ ।
“ज्येष्ठ नागरिक बुढ्यौली स्याहारसम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रम मेलम्ची नगरपालिका वडा नं. ३ स्थित हैबुङ एकीकृत सेवा केन्द्रमा सम्पन्न भएको हो।
मेलम्ची नगरस्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धितालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. १, २, ३, ४ र ५ का ज्येष्ठ नागरिकहरू तथा अन्य स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
“ज्येष्ठ नागरिक बुढ्यौली स्याहारसम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङ, मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्षहरू नगेन्द्र प्रसाद खतिवडा, कुमार बञ्जारा, राजु रायमाझी, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, नगरपालिका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, ज्येष्ठ नागरिक सञ्जालका सदस्यहरू र स्थानीय समाजसेवीहरू बाक्लो उपस्थिति रहेको थियो ।
“ज्येष्ठ नागरिक बुढ्यौली स्याहारसम्बन्धी मनोसामाजिक परामर्श कार्यक्रममा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. उर्जा भट्टराई, औषधि विज्ञ डा. रमेश शर्मा पौडेल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालका कार्यकारी निर्देशक युवराज रोक्काले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, रोगको उपचार, औषधि सेवनको विधि र बुढ्यौली स्याहारका विविध पक्षहरूबारे मनोसामाजिक परामर्श तथा विशेषज्ञ सेवा प्रदान गरेका थिए।
कार्यक्रमले ज्येष्ठ नागरिकहरूको जीवनशैली, स्वास्थ्य चेतना र बुढ्यौली स्याहारप्रति समाजको ध्यान केन्द्रित गर्न महत्त्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।
१९ बैशाख २०८२, शुक्रबार २१:२६