/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
जेन–जीहरुको प्रदर्शनको क्रममा देशभरमा गरी ५१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सनाखत हुनेमा काभ्रेको भुम्लु गाउँपालिका ४ का २५ बर्षीय सरोज खत्री, तेमाल गाउँपालिकाका ४२ बर्षीय दिलनारायण तामाङ पनि रहेका छन् ।
यसैगरी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, साँगाचोकका २१ बर्षीय उमेश महत, बाह्रविसे नगरपालिकाका २१ बर्षीय योगबहादुर श्रेष्ठको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी, दोलखाको शैलुङ गाउँपालिका ४ का २१ बर्षीय अविशेक चौंलागाईँ, बिगु गाउँपालिका ३ का २२ बर्षीय महेश बुढाथोकीको सनाखत भएको छ ।
२८ भाद्र २०८२, शनिबार १०:०२