जेनजी आन्दोलनका घाइते पत्रकारहरुको उपचार सरकारले गर्ने सञ्चारमन्त्री खरेल

जननतापत्र,सिन्धुपाल्चोक ।
जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले उक्त घोषणा गर्नुभएको हो। आन्दोलनको कभरेज गर्ने क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार जना पत्रकारहरू घाइते भएका थिए। मन्त्री खरेलले घाइते पत्रकारहरूलाई नगद राशिसहित सम्मान गर्दै उनीहरूको साहसको प्रशंसा गर्नुभयो। सम्मानित हुने पत्रकारहरू सम्मानित हुनेहरूमा कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाल रहनुभएको छ। सम्मान कार्यक्रममा बोल्दै मन्त्री खरेलले घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गर्नुभयो । मन्त्री खरेलले घाइते पत्रकारले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिनुभयो ।

४ पुष २०८२, शुक्रबार १८:१४