/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
जुगल गाउँपालिका–३ गुम्बाका २६ वर्षीय अविनाश लामा शनिबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्।
घर नजिकैको बाटो हिँड्ने क्रममा करिब १५ मिटर तल खस्दा उनको टाउको र घाटीमा चोट लागेको परिवार स्रोतले जनाएको छ। स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी प्राथमिक उपचार गराएका थिए। तर अवस्था जटिल देखिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो।
साँघुरो बाटो र अँध्यारो स्थान भएकाले दुर्घटना हुने सम्भावना बढी हुने स्थानीयले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
२९ भाद्र २०८२, आईतवार ११:०१