/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक ।
जुगल गाउँपालिकाको आयोजनामा जुगल गाउँपालिका स्तरीय माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता, सामान्य ज्ञान र प्रस्तुति सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रामेश्वर माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भयो। यस्तै सेलाङ माध्यमिक विद्यालय ले द्वितीय, कालीदेवी माध्यमिक विद्यालय ले तृतीय तथा जुगल माध्यमिक विद्यालय ले सान्त्वना स्थान प्राप्त गरेको छ।

कार्यक्रमको अन्त्यमा आयोजक जुगल गाउँपालिकाले स्थान हासिल गर्न सफल विद्यालयहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सहभागी भई कार्यक्रम सफल बनाउने सम्पूर्ण विद्यालय, शिक्षक तथा विद्यार्थीप्रति धन्यवाद ज्ञापन गरेको छ।
२२ पुष २०८२, मंगलवार १८:२३