/*php the_title();*/?>
जनतापत्र,सिन्धुपाल्चोक,
जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्वोले जेनजी आन्दोलनका क्रममा संवैधानिक निकायका संरचनामा आगजनी हुँदा त्यसप्रति खुसी व्यक्त गर्ने कर्मचारी तथा शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्।
अध्यक्ष स्याङ्वोले आफ्नो फेसबुकमार्फत सन्देश जारी गर्दै भनेका छन्, “जेनजी आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध थियो । यस आन्दोलनमा समर्थन जनाउनु प्रत्येक नेपालीको अधिकार हो । तर सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको भवनलगायतका संरचना जल्दा खुसी मान्ने र ‘अब स्थानीय सरकारहरूको पालो हो’ भनेर टिप्पणी गर्नेहरू सरकारी सेवामा बस्न योग्य छैनन् ।”

उनले सम्बद्ध कर्मचारी र शिक्षकलाई भोलिदेखि कार्यालयमा हाजिर नहुन चेतावनी दिएका छन्। साथै, आफैंले बुझेर राजीनामा दिनुपर्ने भन्दै, “देशको ठूलो धनराशी अहिले जलेका संरचना पुनर्निर्माणमा खर्चिनु पर्छ । यस्तो संवेदनशील समयमा खुसी हुनेहरूलाई गाउँपालिकाले राख्न सक्दैन,” भनेर स्पष्ट पारेका छन्।
अध्यक्ष स्याङ्वोले सम्बन्धित व्यक्तिहरूको सामाजिक सञ्जालमा गरिएको टिप्पणीहरूको स्क्रिनसट सुरक्षित रहेको दाबीसमेत गरेका छन्।
यस अभिव्यक्तिले स्थानीय तहमा व्यापक चर्चा पैदा गरेको छ । कतिपयले अध्यक्षको चेतावनीलाई कठोर भनेका छन् भने अन्यले राज्य सेवामा आचारसंहिताको पालनामा जोड दिन आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

२८ भाद्र २०८२, शनिबार १८:१०