/*php the_title();*/?>


जनतापत्र, जुगल सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी आठ करोड रुपैयाँमा उक्त पुल निर्माण कार्यको ठेक्का सूर्य जेभी निर्माण कम्पनीले पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गर्नुभएको थियो ।
सिन्धुपाल्चोकको साविकको सेलाङ र गोल्चे गाविसलाई जोड्ने उक्त पुल निर्माणका लागि मुख्य ठेकेदार कम्पनीले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन भएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताउनु भएको छ
९ भाद्र २०८२, सोमबार ०९:३८