/*php the_title();*/?>


आइसिँ तामाङ,जुगल सिन्धुपाल्चोक।
जुगल गाउँपालिकाको समन्वयमा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रगति समीक्षा प्रस्तुतीकरण कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाभित्र सञ्चालित विभिन्न संघसंस्थाहरूले आ(आफ्नो प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका छन्।
समीक्षा कार्यक्रममा सहभागी संस्थाहरूले आ(आफ्ना क्षेत्रमा भएका गतिविधि, उपलब्धि र चुनौतीहरूका बारेमा जानकारी गराएका थिए। यसबाट गाउँपालिकालाई विकास निर्माण तथा सामाजिक उत्थानका कामहरूको प्रभावकारी अनुगमन गर्न सहज भएको बताइएको छ।
सोही अवसरमा गाउँपालिकाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी एक स्थानीय समिति पनि गठन गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरूको सहभागितामा समिति गठन गरिएको हो।
गाउँपालिकाले यो समितिले मानव बेचबिखनको जोखिम न्यूनीकरण गर्न समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा राखेको छ। यस पहलले समाजमा बढ्दो मानव बेचबिखनका घटनाहरूलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
७ भाद्र २०८२, शनिबार ११:५४