जग्गा बैना गराई लाखौँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एक जना पक्राउ

जनतापत्र,सिन्धुपाल्चोक । 

अर्काको नाममा रहेको जग्गा बैना गराई लाखौँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक घर भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको जिल्लाको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणकोढा बस्ने ४३ वर्षीय रामकुमार चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।
अर्काको जग्गा बैना गराई रकम ठगी गरि फरार भएको आरोपमा चौलागाईलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
चौलागाईले अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साँढे ४५ लाख रुपियाँ बैना लिई ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताउनु भएको हो ।
पक्राउ परेका चौलागाईलाई थप अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाईएको प्रहरीले जनाकारी दिएको छ ।

२५ चैत्र २०८१, मंगलवार १४:५४